पश्चिमीसँगै स्थानीय वायुको प्रभाव, झरी पर्ला या नपर्ला ?

पश्चिमीसँगै स्थानीय वायुको प्रभाव, झरी पर्ला या नपर्ला ?

२०७९, कार्तिक ४ शुक्रवार

  • 641
    SHARES

  • पश्चिमीसँगै स्थानीय वायुको प्रभाव, झरी पर्ला या नपर्ला ?

    काठमाडौँ । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ । जसकारण मुलुकका पहाडी भेगमा बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    तर, गण्डकी र लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    शनिबार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    २०७९, कार्तिक ४ शुक्रवार०८:४१:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार