आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

२०७९, कार्तिक ५ शनिवार

  • 937
    SHARES

  • आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्यतया मौसम सफा रहनेछ।

    तत्काल अन्य मौसमी वायु नेपाल प्रवेश गर्ने सम्भावना नरहेकोले केही दिन नेपालको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

    २०७९, कार्तिक ५ शनिवार०७:१५:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार