आज यी स्थानमा हल्का वर्षाको सम्भावना 

आज यी स्थानमा हल्का वर्षाको सम्भावना 

२०७९, कार्तिक ६ आइतवार

  • 745
    SHARES

  • आज यी स्थानमा हल्का वर्षाको सम्भावना 

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभाग र प्रदेश १ को तराई भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ।

    आइतबार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राति प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    २०७९, कार्तिक ६ आइतवार०८:०३:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार