अपराध अनुसन्धानमा अव्वल ‘पप्पी’ ले पायो सर्वोत्कृष्ट कुकुर पुरस्कार 

अपराध अनुसन्धानमा अव्वल ‘पप्पी’ ले पायो सर्वोत्कृष्ट कुकुर पुरस्कार 

२०७९, कार्तिक ७ सोमवार

  • 925
    SHARES

  • अपराध अनुसन्धानमा अव्वल ‘पप्पी’ ले पायो सर्वोत्कृष्ट कुकुर पुरस्कार 

    काठमाडौँ । नेपाल प्रहरीको केनाइन महाशाखामा कुकुर पूजा गरिएको छ । कुकुरलाई तालिम दिएर अपराध अनुसन्धानमा पोख्त बनाउने युनिट केनाइन महाशाखामा कुकुरहरूले सामूहिक कला प्रदर्शनी गरेका छन् ।

    अपराध अनुसन्धानमा यसवर्ष जमर्न सेफर्ड जातको ‘पप्पी’ सर्वोत्कृष्ट कुकुर ठहरिएको छ । ‘पप्पी’लाई केनाइन महाशाखाकी एसएसपी डा.देउती गुरुङले मेडल र पुरस्कार प्रदान गरिन् ।

    कुकुरलाई प्रतिस्पर्धा गराउँदा बाधापारतर्फ बेल्जियन सेफर्ड जातेको रोज प्रथम भएको छ । हाईजम्पतर्फ बेल्जियन सेफर्ड रिया र दौडामा रुरु उत्कृष्ट भएको केनाइन महाशाखाका एसपी डा।रामचन्द्र सत्यालले बताए ।

    रोज र पप्पी ट्रयाकर डग हुन् । रिया र रुरु चाहिँ ‘बम डग’ हुन् । उनीहरूलाई प्रहरीले विस्फोटक पदार्थ सम्बन्धी अनुसन्धानमा प्रयोग गर्दै आएको छ । कुकुर तिहारमा प्रहरीले रिमोट कन्ट्रोलमार्फत कुकुरलाई टाढैबाट सङ्केत दिएर काम गराउने कला पनि गराएको छ ।

    वर्ष कुकुर ‘पप्पी’ ले २०७८ चैतमा काठमाडौँको शंकरापुर नगरपालिका-७ मा हरिबहादुर श्रेष्ठको शव पत्ता लगाएको थियो । चैत २९ मा घरबाट हराएका हरिबहादुरको कपडा सुँघाएर छाड्दा पप्पी शालिनदी किनारमा ढुङ्गामा रगत भएको ठाउँसम्म पुगेको थियो सो सङ्केतको आधारमा शालिनदीमा खोजतलास गर्दा हरिबहादुर मृत भेटिएका थिए ।

    २०७९, कार्तिक ७ सोमवार०१:५०:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार