तिहारको चौथो दिन आज गोवर्द्धन पूजा गरि मनाइँदै

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा गरि मनाइँदै

२०७९, कार्तिक ९ बुधवार

  • 877
    SHARES

  • तिहारको चौथो दिन आज गोवर्द्धन पूजा गरि मनाइँदै

    काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ।

    द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।

    भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ।

    गोवर्धनपूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने विधान छ। रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने सन्दर्भ आउँछ। यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ।

    उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ। देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ। उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ।

    बुधबार नै गोरुको पनि पूजा गरिँदैछ। गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन छ। नेपालजस्तो पहाडी भू–भाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ।

    २०७९, कार्तिक ९ बुधवार०८:३६:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार