बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिर 

बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिर 

२०७९, कार्तिक १० बिहिवार

  • 1.3K
    SHARES

  • बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिर 

    काठमाडौं । स्पेनिस जाइन्ट बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिएको छ।

    बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि खेल्नु अगावै बाहिरिएको बार्सिलोना बायर्न म्युनिखविरुद्धको खेलमा पनि ३-० ले पराजित भयो।

    बुधबार राति भएको खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गर्दै नकआउटमा स्थान पक्का गरेको थियो।

    इन्टरलाई जित दिलाउन एडिन जेकोले दुइ तथा रोमेलु लुकाकु र हेनरिक मिखीतार्यानले १-१ गोल गरे। जितसँगै इन्टरको ५ खेलबाट १० अंक भएको छ।

    इन्टर नकआउटमा प्रवेश गरेसँगै बार्सिलोना भने युरोपा लिगमा धकेलिएको छ। समूह ‘सी’ अन्तर्गत बुधबार रातिनै भएको खेलमा बार्सिलोना जर्मन जायन्ट वार्यन म्युनिखसँग ३-० ले पराजित हुन पुग्यो।

    वार्यन समूह विजेताका रुपमा नकआउटमा स्थान बनायो। उसले ५ खेलबाट १५ अंक बनाउँदै समूह विजेता बनेको हो।

    बायर्नलाई लगातार पाँचौ खेलमा जित दिलाउने क्रममा साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरेका थिए। -एजेन्सी । 

     

    २०७९, कार्तिक १० बिहिवार०९:५८:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार