न्यान्सी पेलोसीका श्रीमान् हतियारधारीको आक्रमणमा परी गम्भीर घाइते 

न्यान्सी पेलोसीका श्रीमान् हतियारधारीको आक्रमणमा परी गम्भीर घाइते 

२०७९, कार्तिक १२ शनिवार

  • 1.3K
    SHARES

  • न्यान्सी पेलोसीका श्रीमान् हतियारधारीको आक्रमणमा परी गम्भीर घाइते 

    काठमाडौं । अमेरिकाको सांसदका सभामुख न्यान्सी पेलोसीका श्रीमान् पल पेलोसी माथि एक हतियारधारीले आक्रमण गरे पछि उहाँ गम्भीर घाइते हुनु भयो छ ।

    पल पेलोसीलाई आफ्नै निजी निवासमा एक व्यक्तिले हतौडाले टाउको र हातमा प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

    ८२ वर्षिय पेलोसीको टाउको र हातमा गम्भीर चोट लागि शल्यक्रिया गरिएको छ ।

    उक्त हतियारधारी सभामुख न्यान्सी पेलोसीलाई आक्रमण गर्ने मनसायले आएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

    घटनाको सन्दर्भमा एक ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ ।-बिबिसी

     

    २०७९, कार्तिक १२ शनिवार११:४०:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार