काँग्रेसद्धारा केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

काँग्रेसद्धारा केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

२०७९, कार्तिक १३ आइतवार

  • 1.0K
    SHARES

  • काँग्रेसद्धारा केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

    काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरेको छ । 

    काँग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आज थप आठ सदस्य मनोनित गरेको हो । 

    पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’मा थप आठ सदस्य मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    २०७९, कार्तिक १३ आइतवार०८:१३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार