पश्चिमी पहाडी भेगमा वर्षाको सम्भावना

पश्चिमी पहाडी भेगमा वर्षाको सम्भावना

२०७९, कार्तिक १३ आइतवार

  • 713
    SHARES

  • पश्चिमी पहाडी भेगमा वर्षाको सम्भावना

    काठमाडौँ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    कात्तिक १४ गते सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, कात्तिक १५ गते मंगलबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    २०७९, कार्तिक १३ आइतवार०८:३०:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार