सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

२०७९, कार्तिक १५ मंगलवार

  • 1.6K
    SHARES

  • सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

    गण्डकी । पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ ।

    पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा डा दीपकबहादुर भण्डारीले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाइ स्वागत तथा बधाई दिए ।  

    कार्यक्रममा उपकुलपति प्राडा अर्यालले शिक्षक तथा कर्मचारीको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उँचो राख्न सेवा आयोग सक्षम हुने विश्वास व्यक्त गरे । 

    रजिष्ट्रार भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको बताउँदै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनोटमा आयोगको योगदान महत्वपूर्ण रहने बताए । 

    सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्यालले प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा लिँदै विश्वविद्यालयको नियम, कार्यविधिअनुसार आयोगका काम कारबाही अगाडि बढाउने उल्लेख गरे ।

    सदस्य प्रा डा उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताए । कार्यक्रममा सहप्रशासक तारादेवी सापकोटालगायतले बोलेका थिए ।

    विश्वविद्यायको सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम उनीहरू उक्त पदमा चार वर्षका लागि नियुक्ति भएका हुन् । प्रा अर्याल अङ्ग्रेजी र प्रा डा बराल राजनीतिक शास्त्रका प्राध्यापक हुन् ।

    २०७९, कार्तिक १५ मंगलवार०१:४६:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार