आज देशैभर मौसम सामान्यतया सफा रहने 

आज देशैभर मौसम सामान्यतया सफा रहने 

२०७९, कार्तिक १६ बुधवार

  • 789
    SHARES

  • आज देशैभर मौसम सामान्यतया सफा रहने 

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, आज राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    २०७९, कार्तिक १६ बुधवार०७:२२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार