कांग्रेसले कार्यान्वयन गर्न सकिने कुरा मात्रै घोषणापत्रमा राखेको छ : प्रवक्ता महत

कांग्रेसले कार्यान्वयन गर्न सकिने कुरा मात्रै घोषणापत्रमा राखेको छ : प्रवक्ता महत

२०७९, कार्तिक १६ बुधवार

  • 1.0K
    SHARES

  • कांग्रेसले कार्यान्वयन गर्न सकिने कुरा मात्रै घोषणापत्रमा राखेको छ : प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्न सकिने विषय मात्र राखिएको बताएका छन् ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि भएको बताए ।

    ‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’, उनले प्रतिप्रश्न गरे । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए ।

    नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा महतले एक सय ६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चित रूपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे ।

    पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उनले दाबी गरे । 

    २०७९, कार्तिक १६ बुधवार०६:३०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार