दशरथचन्दमा आज सार्वजनिक बिदा

दशरथचन्दमा आज सार्वजनिक बिदा

२०७९, कार्तिक १७ बिहिवार

  • 841
    SHARES

  • दशरथचन्दमा आज सार्वजनिक बिदा

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिएको छ ।  

    दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए ।   

    बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ । 

    यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । यसअघि बुधबार पाटन नगरपालिका–२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो ।  

    तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तीपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ ।  

    २०७९, कार्तिक १७ बिहिवार०७:१७:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार