डिजिटल युगमा प्रवेश गर्यो काठमाडौँ महानगर, ३५ प्रकारका सिफारिस डिजिटलबाटै गरिने 

डिजिटल युगमा प्रवेश गर्यो काठमाडौँ महानगर, ३५ प्रकारका सिफारिस डिजिटलबाटै गरिने 

२०७९, कार्तिक २३ बुधवार

  • 1.8K
    SHARES

  • डिजिटल युगमा प्रवेश गर्यो काठमाडौँ महानगर, ३५ प्रकारका सिफारिस डिजिटलबाटै गरिने 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३५ प्रकारका सिफारिस डिजिटल माध्यमबाट दिने भएको छ ।

    महानगरपालिकाको वडा तहबाट प्रवाह गर्ने ८८ प्रकारका सेवामध्ये ३५ प्रकारका सिफारिस सेवा डिजिटल माध्यमबाट दिने प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

    अहिलेसम्म महानगरपालिकाले २० प्रकारका सेवाको विवरण कम्प्युटरमा राखिसकेको छ । यी सेवा सञ्चालनमा ल्याएपछि आउने सुझावका आधारमा अन्य सेवा थप गर्दै लगिने महानगरपालिकाले जनाएको छ ।

    पेनलेस (कलम चलाउनुनपर्ने सेवा) र नागरिकको हातैमा सेवा पुर्याउने उद्देश्यले विद्युतीय सेवा विस्तार गर्न लागिएको उनले बताए । सेवा प्रवाहको लागि काठमाडौं महानगरपालिकाले वडाध्यक्षहरूको अभिमुखीकरण समेत थालेको छ । वडा सचिवहरूको अभिमुखीकरण भने यसअघि नै सञ्चालन भइसकेको छ ।

    २०७९, कार्तिक २३ बुधवार०१:४३:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार