रोहित पौडेल राष्ट्रिय टोलीको कप्तान नियुक्त

रोहित पौडेल राष्ट्रिय टोलीको कप्तान नियुक्त

२०७९, कार्तिक २६ शनिवार

  • 925
    SHARES

  • रोहित पौडेल राष्ट्रिय टोलीको कप्तान नियुक्त

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट सङ्घले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

    नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृङ्खला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

    रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।

    रोहितले नेपालको यू–१९ उमेर समूहको कप्तानी गरेका थिए ।

    २०७९, कार्तिक २६ शनिवार०६:५७:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार