काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।