सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता सिंह

सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता सिंह

२०७९, कार्तिक ३० बुधवार

  • 849
    SHARES

  • सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन् ।  

    लोकतान्त्रिक-वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताए । 

    नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भने, “निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छु ।” 

    उनले जनताले खानेपानीको समेत माग गरिरहेको बताए । शिक्षामा समानताका लागि सङ्घीय शिक्षा ऐन बनाउँदा जोड दिने उनको भनाइ थियो ।

    पूर्व उपप्रधानमन्त्री सिंहले मतदाताले अब पनि चुनाव जिताएर पठाउने र आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको प्रतिक्रिया दिएको बताए । नेता सिंहले काठमाडौँ क्षेत्र नं १ भित्र भएका सार्वजनिक जग्गा अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्क बनाउने आफ्नो योजना रहेको बताए ।  

    संवैधानिक निकायमा राजनीतिकरण नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने उनको भनाइ थियो ।

    २०७९, कार्तिक ३० बुधवार११:४६:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार