यी तीन प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

यी तीन प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

२०७९, मंसिर २ शुक्रवार

  • 721
    SHARES

  • यी तीन प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ।

    प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

    २०७९, मंसिर २ शुक्रवार०८:३८:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार