आजबाट विश्वकप २०२२ सुरु हुँदै, ३२ देश प्रतिस्पर्धामा

आजबाट विश्वकप २०२२ सुरु हुँदै, ३२ देश प्रतिस्पर्धामा

२०७९, मंसिर ४ आइतवार

  • 777
    SHARES

  • आजबाट विश्वकप २०२२ सुरु हुँदै, ३२ देश प्रतिस्पर्धामा

    काठमाडौं । १२ वर्षको निरन्तर प्रश्न, आलोचना, अड्कल र अनुमानबीच अन्ततस् आइतबारबाट कतार विश्वकपको औपचारिक सुरुवात हुँदैछ। कतार मध्यपूर्वमा विश्वकप आयोजना गर्ने पहिलो मुस्लिम देशका रूपमा रहेको छ।

    फिफाले सबै ३२ सहभागी राष्ट्रहरूलाई ‘फुटबलमा फोकस’ आग्रह गरेको छ। ३२ राष्ट्रलाई ८ समूह विभाजन गरेर प्रतियोगिताको आयोजना गर्दैछ। प्रतियोगिताको उद्घाटनमा कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दैछन्।

    अल बायत स्टेडियममा हुने खेल नेपाली समयअनुसार ९:४५ मा खेल सुरु हुनेछ। कतार २०२२ तुलनात्मक रूपमा अन्य विश्वकपभन्दा ठूलो मात्रामा विवादित बन्यो।

    कतारले २०१० मा दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र युएसएलाई पछि पार्दै विश्वकप अधिकार आफ्नो हातमा पारेको थियो। विश्वकपको ९२ वर्षे इतिहासमा कतार क्षेत्रफलका आधारमा विश्वकप आयोजना गर्ने सबैभन्दा सानो राष्ट्रसमेत हो।

    फेब्रुअरी, २०२१ मा गार्जियनमा सार्वजानिक समाचार अनुसार कतार विश्वकपका दौरान नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट कतारमा रोजगारीका लागि पुगेका ६५०० सय कामदारहरूले रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका थिए।

    कतारलाई विश्वकपको अधिकार दिएर ६५०० जना मानिसको हत्या भएको भन्दै फिफाको चर्को आलोचना हुने गरेको छ। साथै कतारले भने यो तहको मृत्युलाई स्वीकारेको छैनन्।

    कतारले भने विश्वकपसँग सम्बन्धित निर्माण कार्यमा केवल ३७ जना कामदारको मृत्यु भएको दावी गर्दै आएको छ।

    कतारले २०१४ देखि २०२० सम्मको निर्माण कार्यमा केवल ३७ जना कामदारको मृत्यु भएको बताएको छ। अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ) ले कतार श्रमिकमाथि भएको ज्यादतीको विषय अवमूल्यन गरिएको दावी गर्ने गरेको छ।

    २०७९, मंसिर ४ आइतवार०७:५६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार