राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुहोस् : कुलपति उप्रेती

राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुहोस् : कुलपति उप्रेती

२०७७, पौष २८ मंगलवार

  • 1.1K
    SHARES

  • राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुहोस् : कुलपति उप्रेती

    पौष २८, काठमाडौँ । 

    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थमा केन्द्रित हुन राजनीतिक दलका नेतालाई आग्रह गरेका छन् ।

    पृथ्वीनायारण शाहको २९९औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायाण शाहको सालिकमा माल्यार्पण गर्दै उप्रेतीले पछिल्लो समयमा राजनीतिक दलका नेता राष्ट्रको निम्तिभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएको बताए । 

    उनले भने, “त्यतिबेला पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण नगरेको भए आज नेपाल नै नरहन सक्थ्यो, राज्य कसरी सञ्चालन गर्ने भन्नेबारे अहिलेको नेतृत्वले बुझनु पर्छ ।”

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए । 

    २०७७, पौष २८ मंगलवार०७:४८:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार