काठमाडौँ–४ मा ३५ मतले थापा अगाडि

काठमाडौँ–४ मा ३५ मतले थापा अगाडि

२०७९, मंसिर ५ सोमवार

  • 925
    SHARES

  • काठमाडौँ–४ मा ३५ मतले थापा अगाडि

    काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ–१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ ।

    आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार पाँच सय ११ मतमा नेपाली कांग्रेसका गगन थापाले छ सय ६८ मतसहित अग्रता लिनुभएको छ । यस्तै नेकपा (एमाले)का राजन भट्टराईले छ सय ३३ मत ल्याएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिए ।  

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा ठाकुर मोहन श्रेष्ठले ६५ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फका उम्मेदवार अर्जुनकुमारले २८ र अर्चनशम्शेर राणाले १९ मत प्राप्त गरेका छन् भने ३८ मत बदर भएको छ ।

    २०७९, मंसिर ५ सोमवार०१:५६:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार