विश्वकप फुटबलको साबिक विजेता फ्रान्सले कतारमा जारी विश्वकपमा विजयी सुरुवात गरेको छ।
मंगलबार राति भएको खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४-१ ले पराजित गरेको हो। समूह डी अन्तर्गतको खेलमा नवौँ मिनेटमा गुडविनको गोलबाट अस्ट्रेलियाले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।
फ्रान्सका लागि ओलिभर जिरउडले २३ र ७१ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै राबिओतले २७ र केलियन एम्बाप्पेले ६८ औँ मिनेटमा गोल गरेका हुन् ।