इलाम–१ मा १४ घण्टादेखि मतगणना सुरु हुन सकेन

इलाम–१ मा १४ घण्टादेखि मतगणना सुरु हुन सकेन

२०७९, मंसिर ७ बुधवार

  • 797
    SHARES

  • इलाम–१ मा १४ घण्टादेखि मतगणना सुरु हुन सकेन

    मङ्गलबारे । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

    राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ ।

    हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका छन् । उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका हुन् । 

    बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गरेका छन् भने खनालले आठ हजार सात ८० मत प्राप्त गरेका छन् । 

    २०७९, मंसिर ७ बुधवार१२:२४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार