मकवानपुरमा एमालेका बर्तौला निर्वाचित, एसका खतिवडा पराजित

मकवानपुरमा एमालेका बर्तौला निर्वाचित, एसका खतिवडा पराजित

२०७९, मंसिर ८ बिहिवार

  • 1.0K
    SHARES

  • मकवानपुरमा एमालेका बर्तौला निर्वाचित, एसका खतिवडा पराजित

    बागमती । नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा ९एमाले० का उम्मेदवार महेश बर्तौलासँग पराजित हुनुभएको छ । 

    मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो ।

    बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत प्राप्त गर्नुभयो । 

    यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ । २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहनुभएकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मुक्तान विजयी हुनुभएको छ भने २ को ‘२’ मा नेपाली काँग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित हुनुभएको छ ।

    मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ । १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पछि पारिरहनुभएको छ भने राप्रपाका दीपकबहादुर सिंह सँगसँगै हुनुहुन्छ । 

    हेटौँडाको मुख्यबजार क्षेत्रको मत गणना बाँकी रहेको छ । यस क्षेत्रका प्रदेशका दुवै सिटको नतिजा भने सार्वजनिक भइसकेको छ ।  

    क्षेत्र नं १ को प्रदेशसभा १ मा माओवादीका प्रेमबहादुर पुलामी र २ मा एमालेका एकलाल श्रेष्ठ विजयी हुनुभएको छ । संविधानसभा सदस्य पुलामी यसअघि पनि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । 

    त्यस्तै एमाले मकवानपुरका अध्यक्ष समेत रहनुभएका एकलाल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुनुहुन्छ  ।

    २०७९, मंसिर ८ बिहिवार०७:३७:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार