झापा ४ बाट एमालेका एलपी साँवा निर्वाचित

झापा ४ बाट एमालेका एलपी साँवा निर्वाचित

२०७९, मंसिर ८ बिहिवार

  • 1.1K
    SHARES

  • झापा ४ बाट एमालेका एलपी साँवा निर्वाचित

    विर्तामोड । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् ।

    उनी २९ हजार ३१५ मत ल्याउँदै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेले २२ हजार ४४८ मत प्राप्त गरे । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् ।

    साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले ५ हजार १० मत ल्याएकी छन् ।

    झापा ४ मा ७८ हजार ४८३ मत खसेकोमा ४ हजार ६४७ मत बदर भएको थियो ।

    २०७९, मंसिर ८ बिहिवार०१:२५:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार