लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

२०७७, पौष २८ मंगलवार

  • 2.8K
    SHARES

  • लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

    पौष २८, लन्डन । 

    प्रिमियर लिगका दुई फुटवल महारथी लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् ।

    फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

    युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दोस्रो स्थानमा छ । युनाइटेडले १२ पटक उपाधि जित्दा लिभरपुलले ८ पटक उपाधि जितेको छ ।

    यस्तै साविक विजेता तथा सर्वाधिक १४ पटक उपाधि जितेको आर्सनलले चौथो चरणमा साउथह्याम्पटन र श्रेवसबरीबीचको विजेतासंग खेल्नेछ ।

    यस्तै म्यानचेष्टर सिटी, चेल्सी टोटहमलाई सहज प्रतिद्वन्दी परेको छ ।

    सिटीले चौथो श्रेणीको चेल्टनहम टाउनसंग खेल्नेछ भने चेल्सीले दोस्रो श्रेणीको लुटन टाउन सँग खेल्नेछ । यस्तै टोटनहमले दोस्रो श्रेणीको वाएकोम्बेसंग खेल्नेछ ।

    यस्तै एभरटनले दोस्रो श्रेणीको शेफिल्ड वेन्सडे तथा लेस्टर सिटीले दोस्रो श्रेणीकै ब्रेन्टफवर्डसँग प्रतिस्पर्धा गर्नेछ ।

    चौथो चरणका खेलहरु जनवरी २३-२४ मा खेलाइनेछ ।

    २०७७, पौष २८ मंगलवार०८:३९:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार