विश्वकप : अर्जेन्टिनासँग मेक्सिकोको २-० गोलको हार 

विश्वकप : अर्जेन्टिनासँग मेक्सिकोको २-० गोलको हार 

२०७९, मंसिर ११ आइतवार

  • 825
    SHARES

  • विश्वकप : अर्जेन्टिनासँग मेक्सिकोको २-० गोलको हार 

    काठमाडौँ । विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई २–० गोल अन्तरले हराएको हो ।

    लुसाइल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सी र एन्जो फर्नान्डेसले एक–एक गोल गरे । मेस्सीले खेलको ६४औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको निर्णायक खेलमा अग्रता दिलाएका थिए ।

    खेलको ८७ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ३ अङ्क जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित मेक्सिको दुई खेलबाट १ अङ्क जोडेर तालिकाको पुछारमा छ ।

    अब अर्जेन्टिनाको अन्तिम १६ प्रवेशको सम्भावना अन्तिम खेलले तय गर्नेछ । अन्तिम खेलमा पनि अर्जेन्टिनालाई जितको आवश्यक छ । अर्जेन्टिनाले आफ्नो अन्तिम तथा निर्णायक खेल पोल्यान्डसँग खेल्नेछ ।

    २०७९, मंसिर ११ आइतवार०७:३४:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार