काठमाडौँ । रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन्।
तामाङले नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य बनेका हुन्।
तामाङले ४७ हजार ०९८ ल्याए भने ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गरे।
यस्तै, प्रदेशतर्फ क्षेत्र नम्बर ‘क’ मा माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर ‘ख’ मा युवराज चौलागाईं विजयी भएका छन्।