आगामी तीन दिनको मौसम सामान्यतया सफा

आगामी तीन दिनको मौसम सामान्यतया सफा

२०७९, मंसिर १२ सोमवार

  • 593
    SHARES

  • आगामी तीन दिनको मौसम सामान्यतया सफा

    काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

    देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    सोमबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    मंगलबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    २०७९, मंसिर १२ सोमवार०८:३७:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार