कस्तो छ आजको देशभरको मौसम पूर्वानुमान ?

कस्तो छ आजको देशभरको मौसम पूर्वानुमान ?

२०७९, मंसिर १४ बुधवार

  • 713
    SHARES

  • कस्तो छ आजको देशभरको मौसम पूर्वानुमान ?

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहनेछ ।

    तराई भू-भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    २०७९, मंसिर १४ बुधवार०७:२८:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार