काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।