दोलखाका वैत्यश्वर र तामाकोसीमा पुन: मतदान सुरु

दोलखाका वैत्यश्वर र तामाकोसीमा पुन: मतदान सुरु

२०७९, मंसिर १५ बिहिवार

  • 1.3K
    SHARES

  • दोलखाका वैत्यश्वर र तामाकोसीमा पुन: मतदान सुरु

    चरिकोट । दोलखामा पुन : मतदान सुरु भएको छ।

    मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भएको हो र साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

    १० मतदान केन्द्रमा मतदान सुरु भएको हो। जहाँ कुल ८ हजार ५१४ मतदाता रहेका छन्।

    वैत्यश्वर गाउँपालिका- ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान भइरहेको हो।

    गत आइतबार बसेको बैठकले धाधली भएको भन्दै मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुनस्मतदान गराउने निर्णय गरेको थियो।

    २०७९, मंसिर १५ बिहिवार०७:४३:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार