स्याङ्जा–२ (१) बाट काँग्रेसका भोजराज अर्याल विजयी

स्याङ्जा–२ (१) बाट काँग्रेसका भोजराज अर्याल विजयी

२०७९, मंसिर १६ शुक्रवार

  • 953
    SHARES

  • स्याङ्जा–२ (१) बाट काँग्रेसका भोजराज अर्याल विजयी

    स्याङ्जा । स्याङ्जा क्षेत्र नं २(१) बाट नेपाली काँग्रेसका भोजराज अर्याल विजयी भएका छन् । 

    काँग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गरेका हुन् ।  

    अर्यालले १५ हजार एक सय ६१ मत प्राप्त गरे ।  

    उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीले १२ हजार चार सय ३१ मत  प्राप्त गरेका छन् । 

    विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गरेका छन् । 

    स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन् । 

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । स्याङ्जा क्षेत्र नं २ मा काँग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिईरहेका छन् । 

    एमाले उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच दुई हजार तीन सय २४ मतान्तर छ ।

    २०७९, मंसिर १६ शुक्रवार१०:४७:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार