स्याङ्जा–२ः धनराज गुरुङ ३४४० मतले अगाडि

स्याङ्जा–२ः धनराज गुरुङ ३४४० मतले अगाडि

२०७९, मंसिर १७ शनिवार

  • 4.8K
    SHARES

  • स्याङ्जा–२ः धनराज गुरुङ ३४४० मतले अगाडि

    वालिङ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् ।  

    उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा ३ हजार ४ सय ४० मतले अगाडि छन् ।  

    केहीबेर अघिसम्मको मत गणनाअनुसार काँग्रेस उम्मेदवार गुरुङले २५ हजार ६ सय ५३ मत प्राप्त गर्दा एमालेकी अर्यालले २२ हजार २ सय १३ मत ल्याएका छन् ।  

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ७ हजार ६ सय २ मत प्राप्त गरेका छन् । 

    हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिका र चापाकोट नगरपालिका वडा नं १, २ र ३ को गणना सकिएको छ । 

    अहिले चापाकोट नगरपालिका वडा नं ४ को मत गणना जारी छ । 

    २०७९, मंसिर १७ शनिवार१२:३९:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार