सत्तारूढ गठबन्धनको बैठक आज बस्दै

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै

२०७९, मंसिर १९ सोमवार

  • 769
    SHARES

  • सत्तारूढ गठबन्धनको बैठक आज बस्दै

    काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । 

    नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ । 

    यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले ५७ स्थानमा जीत निकालेको छ । 

    यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ । 

    त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठक दिउँसो २ बजे बस्ने छ । 

    २०७९, मंसिर १९ सोमवार०८:१०:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार