विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा, फ्रान्ससँगको भेट पक्का

विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा, फ्रान्ससँगको भेट पक्का

२०७९, मंसिर १९ सोमवार

  • 1.1K
    SHARES

  • विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा, फ्रान्ससँगको भेट पक्का

    काठमाडौँ । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

    कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । 

    साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो ।

    इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

    २०७९, मंसिर १९ सोमवार०८:१६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार