३६ हजार मत कटाए पनि एमालेका शिवाकोटी ३१८ मतले पराजित, माओवादीका कार्की विजयी

३६ हजार मत कटाए पनि एमालेका शिवाकोटी ३१८ मतले पराजित, माओवादीका कार्की विजयी

२०७९, मंसिर १९ सोमवार

  • 4.3K
    SHARES

  • ३६ हजार मत कटाए पनि एमालेका शिवाकोटी ३१८ मतले पराजित, माओवादीका कार्की विजयी

    चरिकोट । प्रतिनिधिसभाको अन्तिम निर्वाचन क्षेत्र अन्तर्गत दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

    कार्कीले एमाले उमेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ को मतान्तरमा हराउदै विजयी भएका हुन् । कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४८९ मत ल्याएका छन् ।

    मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १६४ निर्वाचन क्षेत्रको मत परिणाम आइसक्दा दोलखाको मात्रै आउन बाँकी थियो ।

    अन्तिम परिणाम आएसँगै माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १८ स्थानमा जित हासिल गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा दोलखाका केही मतदान केन्द्रमा गठबन्धनले बुथ कब्जा गरेपछि १० मतदान केन्द्रमा मंसिर १५ गते पुन: निर्वाचन भएको थियो ।

    दोलखाको दुइ प्रदेश सभा मध्ये प्रदेश सभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश सभा २ मा एमालेका भरत केसी निर्वाचित भएका छन् ।

    यहाँ कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे । 

    २०७९, मंसिर १९ सोमवार११:१७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार