काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा परम्परागत महाशक्ति विश्व फुटबलको मरहारथी स्पेनलाई टाईब्रेकरमा स्तव्ध पार्दै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पूर्वविजेता स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनल पुग्दा प्रशिक्षक वालिदले नयाँ इतिहास रच्दै विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकन प्रशिक्षक समेत बनेका छन् ।
युरोपियन दबदबालाई तोड्दै कतारमा विश्वकप खेलेका पाँचवटै अफ्रिकन टिममा प्रशिक्षक आ–आफ्नै देशका थिए । त्यसमा वालिद सफल रहे ।
वालिद मोरक्कोका पूर्वखेलाडी समेत हुन् ।
गए राति सम्पन्न अन्तिम १६ मा स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले पराजित गर्दै मोरक्को क्वाटरफाइनलमा पुगेको हो ।
जारी विश्वकपमा भने मोरक्कोले समूह चरणमा दुई खेल जित्दा एक खेल बराबरी गरेको थियो । जसमा बेल्जियमलाई समेत पराजित गर्न मोरक्को सफल रह्यो ।