इतिहास रच्दै मोरक्को र फ्रान्स सेमिफाइनलमा

इतिहास रच्दै मोरक्को र फ्रान्स सेमिफाइनलमा

२०७९, मंसिर २५ आइतवार

  • 1.1K
    SHARES

  • इतिहास रच्दै मोरक्को र फ्रान्स सेमिफाइनलमा

    काठमाडौं । विश्वकप अन्तिम क्वाटर फाईनलका खेल अन्तर्गत गए राती सम्पन्न खेलमा योसुफ–एन नेसेरिको निर्णायक गोलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनल प्रवेश गरेको छ

    अल थुमामा रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलको ४२औं मिनेटमा योसुफले गोल गर्दै मोरक्को लाई अग्रता दिलाएका थिए ।

    सोहि अग्रता खेलको अन्तिम समयसम्म कायम राख्दै पोर्चुगलमाथि सानदार जित निकालेको मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो ।

    सन् २००६ पछि पहिलो पटक क्वार्टरफाइनल पुगेको पोर्चुगलले गोल गर्ने थुप्रै अवसर पाएपनि फिनिसिङमा चुक्दा खेल बराबरी गर्ने अवसर खेर फाल्यो ।

    समूह चरणमा अपराजित रहँदै समूह विजेताको हैसियतले अन्तिम १८ पुगेको मोरक्को अन्तिम १६ मा स्पेनलाई पेनाल्टि सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।

    यस्तै, पोर्चुगल समूह चरणमा लगातार पहिलो र दोस्रो खेल जित्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।

    अन्तिम १६ मा पेनाल्टि सुटआउटमा स्विट्जरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले क्वार्टरफाइनलमा स्थान सुक्षित गरेको थियो । 

    त्यस्तै, भर्खरै सम्पन्न क्वाटरफाईनलको दोस्रो खेलमा इङल्यान्डलाई २–१ गोलको नतिजामा पराजित गर्दै साविक विजेता फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ ।

    अल बायट रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन अउरेलिन चोआमेनी र ओलिभर जिरुडले गोल गरे ।

    खेलको १७औं मिनेटमा चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता तोड्दै ह्यारि केनले ५४औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।

    चोआमेनीले वेलिङघामलाई फाउल गरेपछि इङल्यान्डले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै केनले बराबरी गोल फर्काएका थिए ।

    खेलको ७८औं मिनेटमा एनटोनी ग्रिजमेनको पासमा जिरुडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    यता, ८४औं मिनेटमा इङल्यान्डले पुनः पेनाल्टि पायो तर ह्यारी केन गोल गर्न चुक्दा इङल्यान्ले खेलमा फर्किने मौका खेर फालेको थियो ।

    फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । यसअघि मोरक्को पोर्चुगललाई १–० गोलको नतिजामा पराजित गर्दै अन्तिम ४ मा पुगेको थियो ।

    यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । अर्को सेमिफाइनलमा अर्जेज्टिना र साविक उपविजेता क्रोएसिया प्रतिस्पर्धा गर्नेछन् ।

    २०७९, मंसिर २५ आइतवार०५:२६:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार