राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश

राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश

२०७९, मंसिर २६ सोमवार

  • 861
    SHARES

  • राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश

    काठमाडौँ । सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याइएको अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाएको छ।

    नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका दलका राजनीतिक कार्यकर्तालाई आममाफी दिन सरकारले अध्यादेश जारी गरेको एक मन्त्रीले जानकारी दिए।

    मन्त्रिपरिषद् बैठकले आइतबार राजनीतिक नेता तथा कार्यकर्ताहरुलाई आममाफी दिन अध्यादेश ल्याएको हो ।

    ती मन्त्रीका अनुसार अध्यादेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै राजनीतिक सजाय भोगिरहेका नेता तथा कार्यकर्तालाई आममाफी दिने प्रावधान राखिएको छ ।

    २०७९, मंसिर २६ सोमवार०६:५४:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार