आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना 

आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना 

२०७९, पौष २ शनिवार

  • 777
    SHARES

  • आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना 

    काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

    हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १ र बागमती प्रदेशको उच्च पहाडी भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    २०७९, पौष २ शनिवार०७:५१:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार