एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत निर्वाचित

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत निर्वाचित

२०७९, पौष ५ मंगलवार

  • 817
    SHARES

  • एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत निर्वाचित

    काठमाडौँ । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । 

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

    उनका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन् ।  

    एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ । 

    २०७९, पौष ५ मंगलवार०६:३५:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार