कोरोना अपडेट : थप ४३० जनामा संक्रमण, ३५ जना भेन्टिलेटरमा

कोरोना अपडेट : थप ४३० जनामा संक्रमण, ३५ जना भेन्टिलेटरमा

२०७७, पौष २८ मंगलवार

  • 2.4K
    SHARES

  • कोरोना अपडेट : थप ४३० जनामा संक्रमण, ३५ जना भेन्टिलेटरमा

    पौष २८, काठमाडौँ । 

     पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

    संक्रमितमध्ये २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    हाल १  हजार ९३२ जनाको मृत्यु भएको छ ।

    हाल देशभर ४ हजार ४०८ संक्रिय संक्रमित छन् भने संक्रमितहरुमध्ये २ हजार २८० जनाको होम आइसोलेसनमा छन् ।  

    देशभर १५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

     

    २०७७, पौष २८ मंगलवार०४:५७:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार