चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु

चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु

२०७९, पौष ६ बुधवार

  • 1.4K
    SHARES

  • चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु

    सर्लाही । चिसोमा कठ्यांग्रिएर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा जिल्लाको हरिपुर नगरपालिका- ९ पिटारीटोलका एक जना र लक्ष्मीपुरका एकजना रहेका छन्।

    स्थानीय ५० वर्षीय राजेन्द्र चौधरी र ८० वर्षीय रामगत माझीको मृत्यु भएको हो।

    राजेन्द्रको पुस ३ गते नै मृत्यु भएको थियो। तर स्थानीयले मंगलबार मात्र खबर गरेका थिए। उनलाई रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो।

    यस्तै, माझीको पनि ४ गते नै मृत्यु भएको थियो। प्रहरीलाई भने स्थानीयले मंगलबार दिउँसो खबर गरेका थिए।

    उनको पनि श्वासप्रश्वासमा देखिएको समस्याका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

    २०७९, पौष ६ बुधवार०९:४१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार