६४ मत सहित कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

६४ मत सहित कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

२०७९, पौष ६ बुधवार

  • 1.1K
    SHARES

  • ६४ मत सहित कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

    कांग्रेसका ८९ जना सांसद मध्ये देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले बताए । 

    गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरे पनि देउवालाई बलियो चुनौति दिन सकेनन् । 

    २०७९, पौष ६ बुधवार११:१७:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार