काठमाडौं । राजधानी उपत्यकाको पूर्व उत्तर सहरी क्षेत्र चावहिल सरस्वतीनगरमा संचालित विद्या सदन स्कुलले फुड फेस्टिबल भव्यरुपमा सम्पन्न गरेको छ ।
शुक्रवार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुको पाककलालाई प्रदर्शनी गर्दै फुड फेस्टिबल सम्पन्न गरेको हो ।

फेस्टिबलमा मोमो, स्याभाले, हटडग, समोसा, चिकेन फ्राई, ससेज लगायत बिसौं परिकार विध्यार्थीले तयार गरेका प्रधानाध्यापक लक्ष्मण आचार्यले बताए ।
दिवा खाजा खुवाउने विद्यालयको क्यान्टिन नै बन्द गरेर आयोजना गरिएको फेस्टिबलमा अभिभावकले समेत भरपुर मनोरञ्जन प्राप्त गरेका आचार्यको भनाई छ ।

साना साना विद्यार्थीले तयार गरेका खाजा सामग्री किन्न अभिभावकको बाक्लो भिड लागेको देखिएको थियो ।
सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक सिकाईले विद्यार्थीको आत्मविश्वास जगाएको प्रधानाध्यापक आचार्य बताउँछन् ।


