काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् । देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् ।
‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्वीटरमार्फत भनेका छन् ।
ज्योतिषिसँग अधिक भर गरेका देउवा जनता र पार्टीको भरोसालाई नगन्य ठान्दा कम्तिमा २ वर्ष राष्ट्रको ठूलो पार्टी सडकमा पछारिएकामा सबै आश्चर्य चकित बनेका छन् । ज्योतिषिले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने घोषणा गरेका थिए ।