सभामुखको निर्वाचन आगामी माघ ५ मा

सभामुखको निर्वाचन आगामी माघ ५ मा

२०७९, पौष २६ मंगलवार

  • 993
    SHARES

  • सभामुखको निर्वाचन आगामी माघ ५ मा

    काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिनुभयो । 

    उहाँले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोक्नुभएको छ ।
     
    नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

    गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ ।

    २०७९, पौष २६ मंगलवार०९:०७:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार