विमान दुर्घटनाका कारण भोलि सार्वजनिक शोक बिदा दिने सरकारको निर्णय

विमान दुर्घटनाका कारण भोलि सार्वजनिक शोक बिदा दिने सरकारको निर्णय

२०७९, माघ १ आइतवार

  • 741
    SHARES

  • विमान दुर्घटनाका कारण भोलि सार्वजनिक शोक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

    “आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उहाँले भन्नुभयो, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।”

    २०७९, माघ १ आइतवार०४:०४:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार