उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

२०७९, माघ ९ सोमवार

  • 813
    SHARES

  • उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

    काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ ।

    प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गर्नुभएको हो ।

    गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको सपथ लिदै हुनुहुन्छ ।

    २०७९, माघ ९ सोमवार१२:०४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार